काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढेको छ । यससँगै सूचक २११८.५५ विन्दुमा आएको छ । २ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
१२ कम्पनीको ३६९ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २० वटा कारोबार भएको छ । कुल ८ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।