काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएपछि रिगल लाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ ।
सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरिदिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको जानकारी दिए ।