logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • यो वर्षको उत्कृष्ट अभिनेताको अवार्ड पल शाहलाई, म यस्तो गीत गाउँछु २ उत्कृष्ट फिल्म

    यो वर्षको उत्कृष्ट अभिनेताको अवार्ड पल शाहलाई, म यस्तो गीत गाउँछु २ उत्कृष्ट फिल्म

    9.4K
    Shares

    काठमाडौं । ‘ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८’ मा यस वर्षको उत्कृष्ट व्यवसायिक फिल्म ‘म यस्तो गीत गाउँछु २’ भएको छ । सोमबार चलचित्र विकास बोर्ड सभा हलमा सम्पन्न उक्त अवार्ड कार्यक्रममा पर्यटन तथा संस्कृति मन्त्री प्रेम आले मगरले विजेताहरूलाई अवार्ड हस्तान्तरण गरेका छन् ।

    कोभिड १९ महामारीका बीचमा फिल्म निर्माण गरी प्रदर्शन गरेका डेढ दर्जन फिल्मलाई सम्मान पत्र वितरण गरिएको थियो । उत्कृष्ट व्यवसायिक फिल्म बन्न सफल ‘म यस्तो गीत गाउँछु २’ का अभिनेता पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । नाबालिग गायिकामाथि बलात्कार अभियोग लागेका अभिनेता पल शाह हाल तनहुँ कारागारमा छन् ।
    त्यस्तै, अभिनेत्री पूजा शर्मा उत्कृष्ट अभिनेत्रीको अवार्डबाट सम्मानित भएकी छन् । यसै फिल्मबाट निर्देशक सुदर्शन थापाले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

    अभिनेता शिव श्रेष्ठको निर्माण कम्पनीले कोरोना महामारीमा पहिलो फिल्म प्रदर्शन गरिएको सम्मान प्राप्त गर्याे । कोरोना महामारीबीच शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भएको थियो । यसै फिल्मबाट नव प्रतिभा विधामा शक्ति श्रेष्ठले अवार्ड प्राप्त गरेका छन् ।

    सामाजिक विषयवस्तु उठानमा बनेको फिल्म ‘चुरिफुरी’ लाई अवार्ड प्रदान गरिएको छ । फिल्म ‘कठपुतली’ लाई प्रोत्साहन सम्मान प्रदान गरिएको छ ।

    महमारीमा नेपाली फिल्म चलायमान गराउन महत्वपूर्ण योगदान दिने फिल्म वितरक कम्पनी एफडी कम्पनीबाट सुशील पोखरेल, हल व्यवसायीमा नरेन्द्र महर्जन, फिल्म स्टुडियो विधाबाट बस्नेत स्टुडियोलाई सम्मानपत्र प्रदान गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend