logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • रसुवामा १ सय ४५ पदका लागि ४ सय ९८ जनाको उम्मेदवारी दर्ता, स्वतन्त्रबाट ३५ उम्मेदवार

    रसुवामा १ सय ४५ पदका लागि ४ सय ९८ जनाको उम्मेदवारी दर्ता, स्वतन्त्रबाट ३५ उम्मेदवार

    6.8K
    Shares

    रसुवा । रसुवामा १ सय ४५ पदका लागि ४ सय ९८ जनाको उम्मेदवारी परेको छ । यही वैशाख ३० गते हुने पालिका तह चुनावका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट ४ सय ९८ जनाको उम्मेदवारी दर्ता भएको हो ।

    जसमा राजनीतिक दलबाट ४ सय ६३ र स्वतन्त्रबाट ३५ पदका लागि उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    जस अनुसार उत्तरगयामा १ सय ११, कालिकामा १ सय १०, नौकुण्डमा १ सय १६, गोसाइँकुण्डमा ७४ र आमाछोदिङ्मोमा ८७ जनाको उम्मेदवारी परेको छ । पाँच वटा गाउँपालिका रहेको रसुवामा अध्यक्षमा ४० र उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा उत्तरगयाको अध्यक्षमा १०, उपाध्यक्षमा ४, कालिकाको अध्यक्षमा ११ र उपाध्यक्षमा ६, नौकुण्डको अध्यक्षमा ५, उपाध्यक्षमा ५, गोसाइँकुण्डको अध्यक्षमा ७, उपाध्यक्षमा ३ र आमाछोदिङ्मोको अध्यक्षमा ७ र उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दर्ता गराएका कार्यालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend