logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • क्रिकेट खेलाडीहरुको मासिक पारिश्रमिकमा वृद्धि

    क्रिकेट खेलाडीहरुको मासिक पारिश्रमिकमा वृद्धि

    6.4K
    Shares
    क्रिकेट खेलाडीहरुको मासिक पारिश्रमिकमा वृद्धि

    काठमाडौं । फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनीक गरिएको । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाममा निर्णय गरेको छ ।

    बैठकले २०२२ अप्रिल १ गतेबाट लागु हुने गरि राष्ट्रिय क्रिकेट टिमका खेलाडी, मैदान कर्मचारी, मैदान सहयोगी र पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ । राष्ट्रिय पुरुष टिमका खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि गरिएको छ भने महिला टिमका सी श्रेणीका खेलाडीको ५ हजार र बी र ए श्रेणीका खेलाडीको ६ हजारको दरले पारिश्रमिक वृद्धि गरिएको छ ।

    यस्तै, सम्पुर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक ५ हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने निर्णय क्यानले गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend