logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अष्ट्रेलियाविरुद्द घरेलु टोली श्रीलंकालाई एकदिवसीय शृंखला

    अष्ट्रेलियाविरुद्द घरेलु टोली श्रीलंकालाई एकदिवसीय शृंखला

    3.4K
    Shares
    अष्ट्रेलियाविरुद्द घरेलु टोली श्रीलंकालाई एकदिवसीय शृंखला

    काठमाडौँ । घरेलु टोली श्रीलंकाले चाैथाे एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई ४ रनले हराउंदै एक खेल अगावै शृंखला आफ्नो नाममा लेखाएको छ ।

    मंगलबार राति कोलम्बोमा जितसँगै श्रीलंकाले पाँच खेलको शृंखलामा  एक खेल अगाबै ३-१ ले जितेको हो । श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियालाई हराएको हो ।

    श्रीलंकाले दिएको २५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५४ रनमा समेटियो । अष्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ९९ रन बनाए ।

    श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले समान २ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५८ रन बनायो । श्रीलंकाका लागि चारिथ असलन्काले सर्वाधिक ११० रन बनाए । यस्तै, धनन्जय डी सिल्भाले ६० रनको योगदान गरे ।

    अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले  समान २ विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend