logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • ‘महिला पहिला’ अभियानसहित हिंसा विरुद्ध अघि बढ्ने मन्त्रालयको तयारी छ: मन्त्री रेग्मी

    ‘महिला पहिला’ अभियानसहित हिंसा विरुद्ध अघि बढ्ने मन्त्रालयको तयारी छ: मन्त्री रेग्मी

    4K
    Shares
    ‘महिला पहिला’ अभियानसहित हिंसा विरुद्ध अघि बढ्ने मन्त्रालयको तयारी छ: मन्त्री रेग्मी

    चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैङ्गिक हिंसालाई कम गर्दै महिलाको समग्र विकास गर्नका लागि मन्त्रालयले ‘महिला पहिला’ भन्ने नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएकी छन् । मन्त्रालयले आज यहाँ आयोजना गरेको महिला उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रमको समापन सत्रमा उहाँले ९५ प्रतिशतभन्दा बढी हिंसा घरभित्र हुने गरेको बताइन् ।

    उनले हिंसा विरुद्धको अभियानमा पुरुषलाई पनि समावेश गराउन मन्त्रालयले अभियान सुरुआत गर्न लागेको बताइन् । घरेलु हिंसा विरुद्धको अभियानका साथै महिलाको नेतृत्व क्षमताको विकास गर्नु आवश्यक भएको उनको भनाइ छ । महिलाहरुको उद्यमशीलता प्रवद्र्धनका लागि मन्त्रालयले विभिन्न किसिमका सीप विकास तथा बजारीकरणसम्बन्धी तालिम सञ्चालन गरेको उनले स्पष्ट पारिन् ।

    यही असार ३ गतेदेखि १० दिनसम्म सञ्चालन भएको तालिममा भरतपुर र रत्ननगरका गरी २० जना उद्यमी महिलाहरुको सहभागिता रहेको थियो । मन्त्रालयको महिला विकास अधिकृत रमा पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा सरोज अधिकारी, शान्ति दाहाल र रत्ना घिमिरेले प्रशिक्षण दिएको थियो । कार्यक्रमको संयोजन तथा सहजीकरण भवानी अधिकारीले गरेकी थिइन् ।

    सहभागीहरुले तालिमले उद्यमी महिलाहरुलाई उद्यमशीलताको बहुआयामिक पक्षहरुको विषयमा जानकारी गराएको भन्दै उत्पादनको बजारीकरणका लागि सहज वातावरण बनाउन सके महिलाहरु व्यवसायमार्फत अगाडि बढ्न सक्ने बताएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend