logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

    सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

    7.5K
    Shares
    सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

    सप्तरी । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ ।

    अत्यधिक गर्मी भएपछि साथीहरुसँग पोखरीमा नुहाउन गएकी स्थानीय जीवन सदाको १३ वर्षीय छोरी सेलरी सदाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ मुसहरीको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय लुराइ सदाको ३० वर्षीय छोरा रामउदगार सदा रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend