logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • तराई मधेशका किसानहरुले भोगेका समस्याबाट छुटकारा दिलाउन राहत घोषणा गर्न सरकार समक्ष माग

    तराई मधेशका किसानहरुले भोगेका समस्याबाट छुटकारा दिलाउन राहत घोषणा गर्न सरकार समक्ष माग

    6K
    Shares
    तराई मधेशका किसानहरुले भोगेका समस्याबाट छुटकारा दिलाउन राहत घोषणा गर्न सरकार समक्ष माग

     

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिलकुमार झाले पानी नपरेका कारण तराईको खेतीयोग्य भुमिको आँधा स्थानमा धान रोपाइँ हुन नसकेको बताए । उनले मल, बिउको समेत समस्या रहेको चर्चा गर्दै तराई मधेशका किसानहरुले भोगेका समस्याबाट छुटकारा दिलाउन राहत घोषणा गर्न सरकार समक्ष माग गरे ।

    उनले भने – ‘जुन प्रकारले चुरे क्षेत्रको दोहन भएको छ । जुन प्रकारले नदीहरुको सतह माथि आएको छ । जुन प्रकारले हिमतालहरु र हिमालय क्षेत्रको वातावरण परिवर्तनको कारणले, जलवायु परिवर्तनको कारणले जुन स्थिति सिर्जना भइरहेको छ । त्यसमा भविष्यमा पर्ने असर हामी सबैले बुझिरहेको छौँ । तर तत्काल जुन अवस्था तराई, मधेसका किसानहरु भोगिरहेका छन् । त्यसबाट छुटकारा दिलाउनु र राहत घोषणा गर्नु अत्यन्त आवश्यक छ ।’

    सांसद झाले तराईका किसानहरु धान रोपाइँ गर्न नपाएर पीडित बनेको भन्दै यसतर्फ कृषिमन्त्रीको ध्यानाकर्षण गराए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend