logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालले बंगलादेशसँग बराबरी खेल्यो

    नेपालले बंगलादेशसँग बराबरी खेल्यो

    6.9K
    Shares
    नेपालले बंगलादेशसँग बराबरी खेल्यो

    काठमाडौंँ । भारतमा जारी साफ यु–२० प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले बराबरी खेल्दै अंक बाँड्दा बंगलादेशको फाइनल यात्रा निश्चित भएको हो । यता नेपालको सम्भावना कमजोर भएको छ ।

    चार खेलबाट १० अंक जोड्दै बंगलादेशले फाइनल यात्रा तय गर्दा नेपालले ४ खेलमा ७ अंक जोड्न सक्यो । माल्दिभ्स र भारतबीचको खेलको नतिजामा नेपालको अघिल्लो चरणको यात्रा निर्भर हुनेछ । उक्त खेलमा भारत पराजित भएमात्रै नेपालले फाइनल यात्रा तय गर्नेछ । भारतले सुखद् नतिजा निकाल्दा नेपालको फाइनल पुग्ने अवसर गुम्नेछ । मंगलवार बंगलादेशबिरुद्ध शुरुवातदेखि नै आक्रामक देखिएको नेपालले गोलका केही राम्रा अवसर सिर्जना गरेपनि सदुपयोग गर्न असफल भएको थियो । प्रतिष्पर्धात्मक बनेको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको शुरुवातमै बंगलादेशी खेलाडीले नेपाली मिडफिल्डर क्रितिशरत्न छुन्जुमाथि फाउल गरेपछि सिर्जना भएको तनावपूर्ण अवस्थापछि नेपालका दुई तथा बंगलादेशका एक खेलाडीले रातो कार्ड पाएका थिए । नेपालका मैदानमा रहेका दिपेश गुरुङ तथा बेन्चमा रहेका रोहित सुब्बाले रातो कार्ड पाएर मैदानबाट बाहिरिँदा दुबै टोलीले बाँकी समय दश खेलाडीमा खुम्चिनु परेको थियो ।

    दबाबमा रहेको नेपाली टिमबिरुद्ध ६४ औं मिनेटमा अहमद नोभाले गोल गर्दै बंगलादेशलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको चार मिनेट नबित्दै नेपालका लागि निरञ्जन मल्लले गोल गरेपछि खेल बराबरीको अवस्थामा आएको थियो । बाँकी समयमा दुवै टिमले राम्रा अवसरको सिर्जना गरेपनि बलले गोलको दिशा लिन सकेन र खेल बराबरीमा सकिएको हो ।

    च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएका छन् । राउण्ड रोबिन लिग प्रणालीमा आयोजना भएको प्रतियोगितामा नेपालले पहिलो खेल माल्दिभ्ससँग खेलेको थियो । ४–० को जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–० तथा तेस्रो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend