logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पर्वतमा पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु

    पर्वतमा पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु

    5.2K
    Shares
    पर्वतमा पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु

     

    पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं. ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर ज्यान गएको हो ।

    उनि कार्यरत गणबाट बिदामा घर आएका थिए । साथीहरुसँग पर्वतको भंगरामा पर्ने जलजला घुम्न गएको बेला शुक्रबार पोखरीमा डुबेर ज्यान गएको हो । त्यो ठाउँ स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्छ । दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो । अहिले शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको छ ।

    परिवार सम्पर्कमा आएपछि मृतकको शव पोष्टमार्टम गरी प्रहरीलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend