logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • थप ३ सय जनामा कोरोना सङ्क्रमण पुष्टि, १२४ जना निको

    थप ३ सय जनामा कोरोना सङ्क्रमण पुष्टि, १२४ जना निको

    11.9K
    Shares
    थप ३ सय जनामा कोरोना सङ्क्रमण पुष्टि, १२४ जना निको

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ५९० कोरोना परीक्षण गर्दा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    एक हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ र दुई हजार ६०९ एन्टिजेन परीक्षण गर्दा १२३ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२४ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको छ ।

    त्यस्तै, हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५७ रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा तीन लाख ५९ हजार ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend