logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    3.7K
    Shares
    बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    एजेन्सी । भारतको बिहारस्थित कैमुर जिल्लाको एक विद्यालयका प्रधानाध्यापकमाथि एक नाबालिग बलात्कारको आरोप लागेको छ । अभियुक्त प्रधानाध्यापकलाई सोमबार पक्राउ गरिएको छ ।

    घटना अधौरा प्रहरी चौकी सिकरवार गाउँको हो । सिकरवार गाउँ जिल्ला सदरमुकाम भभुवाबाट करिब ६० किलोमिटर टाढा रहेको पहाडी क्षेत्र हो ।

    १४ वर्षीया बालिका गत आइतबार साँझ आफ्ना केही साथीहरूसँग घरबाहिर खेलिरहेको पीडित परिवारको आरोप छ । सोही वडामा पिपरीस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापकको घर पनि छ । यसैबीच प्रधानाध्यापकले बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार गरेका थिए । पीडित बालिका स्कूले विद्यार्थी हुन् तर उनी अर्कै विद्यालयकी विद्यार्थी हुन् ।

    प्रहरीका अनुसार अभियुक्त प्रधानाध्यापक र बालिकाको परिवार एउटै जातका र छिमेकमा भएकाले दुवै एकअर्काको घरमा आउने गर्थे । प्रहरीका अनुसार दुई घरबीच राम्रो कुराकानी हुन्थ्यो ।

    अधौरा प्रहरी चौकीका इन्स्पेक्टर मनोजले बीबीसीलाई भने, ‘घटना आइतबार साँझ ४.३० बजे भएको थियो र हामीलाई साँझ ७.३० बजे यसबारे जानकारी दिइएको थियो । आरोपित प्रधानाध्यापकलाई सोमबार पक्राउ गरी जेल पठाएका छौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend