logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • बाराही हाइड्रोपावरको आईपीओ आइतवार बाँडफाँट हुने

    बाराही हाइड्रोपावरको आईपीओ आइतवार बाँडफाँट हुने

    4.2K
    Shares
    बाराही हाइड्रोपावरको आईपीओ आइतवार बाँडफाँट हुने

    काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ आइतवार हुने भएको छ ।

    विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइतवार बिहान १० बजे आफ्नै कार्यालय लाजिम्पाटमा बाँडफाँट गर्ने जानकारी दिएको हो ।

    कम्पनीको आइपीओमा १२ लाख १५ हजार २२० जनाले १ करोड ३८ लाख ७१ हजार २२० कित्ताको लागि आवेदन दिएका छन् । यो माग भन्दा २६ दशमलव ९२ गुणा बढी आवेदन परेको हो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आइपीओ बाँडफाँट हुने छ ।

    सर्वसाधाणलाई छुट्याइएको ५ लाख १५ हजार २२० कित्ता सेयरका आधारमा ५१ हजार ५२२ जना आवेदकले गोलाप्रथा मार्फत १० कित्ताका दरले मात्र शेयर पाउनेछन् । कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यसमध्ये २७ हजार कित्ता सामूहिक लगानी कोष र११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।

    इक्रा नेपालले कम्पनीको आइपीओलाई ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्नेे क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend