logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सातामा प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

    सातामा प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

    1.8K
    Shares
    सातामा प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

    काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा ९०० ले मूल्य घटेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

    यो साता पहिलो कारोबार दिनदेखि नै बढ्न थालेको सुन सोमबार स्थिर रहेर लगातार ४ दिनसम्म बढेको थियो । आइतबार र सोमबार तोलामा १ लाख १ हजार ७०० रहेको सुनको मूल्य मंगलबार ९०० र बुधबार २०० ले बढेको थियो । यस्तै, बिहीबार पनि २०० ले बढेर तोलामा १ लाख ३ हजा १०० पुगेको सुन शुक्रबार केही घट्दै रोकिएको हो ।

    यसैगरी, यो साता चाँदीको मूल्य भने घटेको छ । महासंघले गत सातको शुक्रबारको तुलनामा यो साताको शुक्रबार मूल्य घटेको जानकारी दिएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार घटेर १३ सय ६५ रुपैयाँमा आइपुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend