logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात

    रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात

    4.9K
    Shares
    रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात

    रुकुम । रुकुम (पूर्व)को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा भूमे गाउँपालिका–१ र सिस्ने गाउँपालिका–१ वडामा अहिले हिमपात भइरहेको छ ।

    विगत वर्षामा यो समयमा चौथो, पाँचौँ पटकसम्म हिमपात भइसक्थ्यो । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) मा यस वर्ष भने माघको १० गते पहिलो पटक हिमपात भएको हो ।

    हिमपात भएपछि चिसो निकै बढेको छ । चिसोका कारण जनजीवन कष्टकर बनेको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले जानकारी दिए । जिल्लाको तल्लो क्षेत्रमा पनि हिमपात भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend