logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • घट्यो सुनचाँदीको मूल्य, सुनको तोलाको कति ?

    घट्यो सुनचाँदीको मूल्य, सुनको तोलाको कति ?

    2.7K
    Shares
    घट्यो सुनचाँदीको मूल्य, सुनको तोलाको कति ?

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख छ हजार एक सय तोकिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख सात हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend