logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • मधेस प्रदेश सरकारले पायो पूर्णता

    मधेस प्रदेश सरकारले पायो पूर्णता

    2.4K
    Shares
    मधेस प्रदेश सरकारले पायो पूर्णता

    जनकपुरधाम । मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मंगलबार नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषदमा सहभागिता भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो । माओवादीको तर्फबाट पठाइएका एक मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मंगलबार दिउँसो पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो ।

    प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष नेकपा माओवादी केन्द्रका तर्फबाट उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र मुख्यमन्त्री यादवसमक्ष सोही मन्त्रालयको राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनीयताको शपथग्रहण गरे । यादवले मैथिली भाषामा र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथग्रहण गरेका हुन् । गत मंसिर ४ गतेको निर्वाचनमा मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नं १ (१) बाट निर्वाचित भएका थिए ।

    यसअघि मुख्यमन्त्री यादवले २९ पुसमा तीन जना मन्त्रीसँगै शपथग्रहण गरेका थिए भने २० माघमा छ मन्त्री र तीन राज्यमन्त्री नियुक्त भएका थिए । योसँगै मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री गरी १५ सदस्यीय मधेस प्रदेश सरकारले पूर्णता पाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend