logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • एरिजोनामा ट्रकको ठक्करबाट २ साइकलयात्रीको मृत्यु, ११ जना गम्भीर घाइते

    एरिजोनामा ट्रकको ठक्करबाट २ साइकलयात्रीको मृत्यु, ११ जना गम्भीर घाइते

    1.7K
    Shares
    एरिजोनामा ट्रकको ठक्करबाट २ साइकलयात्रीको मृत्यु, ११ जना गम्भीर घाइते

    एजेन्सी । अमेरिकाको दक्षिणपश्चिमी राज्य एरिजोनामा शनिबार बिहान पिकअप ट्रकले ठक्कर दिँदा दुई जना साइकलयात्रीको मृत्यु भएको छ भने अन्य ११ जना गम्भीर घाइते भएका छन् ।

    एरिजोनाको राजधानी सहर फिनिक्सको उपनगर गुडइयरस्थित कटन लेन ब्रिजमा उक्त दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनापछि ट्रक चालक घटनास्थलमै बसेको गुडइयर प्रहरी विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जनाएका छन् ।

    शनिबार नै पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।
    –––


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend