logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • मोदी इनर्जी लिमिटेडले आईपीओ बिक्री खुल्ला गर्दै

    मोदी इनर्जी लिमिटेडले आईपीओ बिक्री खुल्ला गर्दै

    1.8K
    Shares
    मोदी इनर्जी लिमिटेडले आईपीओ बिक्री खुल्ला गर्दै

    काठमाडौँ । मोदी इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही फागुन २५ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ।

    कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँबराबर प्रतिसेयर रु। १०० अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ। जसमा जारी पुँजीको १० प्रतिशतले हुन आउने २९ लाख कित्ता सेयर पर्वत जिल्लाअन्तर्गत कुश्मा नपा–३, मोदी गापा–५, मोदी नपा–२, मोदी गापा–६ र कुश्मा नपा–८ का बासिन्दाहरुका लागि निष्कासन गरिनेछ। बाँकी १५ प्रतिशतले हुन आउने ४३ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको र बाँकी ३६ लाख १० हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ।

    आयोजना प्रभावित स्थानीयले यो आईपीओमा न्यूनतमा १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्।

    यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्।

    स्थानीयले पर्वतको कुस्मास्थित सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनआईसी एसिया बैंक र कुमारी बैंकबाट खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाले भने नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्छन्।

    स्थानीयले यो आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री अवधि चैत २४ गतेसम्म लम्बिन सक्छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend