logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • होलीको पूर्वसन्ध्यामा लोसपा नेताहरुको खुशीयाली

    होलीको पूर्वसन्ध्यामा लोसपा नेताहरुको खुशीयाली

    2.3K
    Shares
    होलीको पूर्वसन्ध्यामा लोसपा नेताहरुको खुशीयाली

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरुले होली पर्व मनाएका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालयको आयोजनामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले आपसमा रङ दलेर होली पर्व मनाएका हुन् ।

    पात्रो अनुसार पहाडमा सोमवार(भोलि) र तराईमा मंगलवार होली पर्व मनाइने भएपनि होली पर्वको पूर्वसन्ध्यामा आजै नेताहरुले होली पर्व मनाएका हुन् ।

    पार्टी केन्द्रिय कार्यालय बबरमहलमा ‘होली मिलन समारोह’को ब्यानरमा आयोजित कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरुसहित दर्जनौँ पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा अध्यक्ष ठाकुर, नेता महतोले उपस्थित सदस्यहरुलाई होली पर्वको शुभकामना दिनुभएको थियो । समारोहमा एक–आपसमा रंगहरु दलेर उत्सव मनाइएको थियो भने बाजागाजासहित गीत पनि गाइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend