logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुन्छ : अध्यक्ष मल्ल

    बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुन्छ : अध्यक्ष मल्ल

    2K
    Shares
    बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुन्छ : अध्यक्ष मल्ल

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुनसक्ने बताएका छन् । बिहीवार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धरासायी हुनसक्ने बताएका हुन् ।

    उनले बैंकको ब्याजदर कम नभए उद्योग व्यवसाय पनि फस्टाउन नसक्ने बताए । अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अफ्ठ्यारोमा पर्न नदिनको लागि सरकारले फास्ट ट्रयाकमा ब्याजदर कम गर्नपर्ने बताए । उनले आर्थिक ऐन नबन्दा र नीतिगत सुधार नहुँदा उधारो कारोवारले थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण बढ्दै गएको बताए । उनले बजारमा तरलता अभावको कारण उद्योगी व्यवसायीको आर्थिक संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्ने आवश्यकता रहेको बताए । उनले बैंकहरुले लिने कर्जाको प्रिमियम दरमा समेत व्यवसायीहरु माथि पक्षपात गरिरहेको आरोप लगाए ।

    उनले भने,‘हाम्रो आर्थिक ऐन र नीतिगत सुधार नहुँदा आज उधारो कारोवारले गर्दा थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण छ । बजारमा जाँदा पैसा आउँदैन । त्यो कारणले बैंकलाई पनि संकट, उद्योगी व्यवसायीलाई पनि संकट, यस किसिमको संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्छ । आउने आर्थिक ऐनमा, आउने बजेटमा हामीले ल्याउनैपर्छ । यो नगदमा कारोबार हुनासाथ कुनैपनि व्यवसायीहरुलाई २ प्रतिशत नाफा महिनामा भयो भनेपनि वर्षमा २४ प्रतिशत हुन्छ । बैंकमा गएर तरलताको लागि टाउको दुखाउनु पनि पर्दैन । चालु कर्जा पुँजी दिएन भनेर पनि कराउनु परेन । नयाँ भिजनमा, नीतिमा मुलुकलाई लैजानुपर्छ । ब्याजदरमा जुन किसिमको वृद्धि भएको छ, धेरै नै कठिन हुन्छ, यो ब्याजदरलाई छिटो भन्दा छिटो केही घटाइएन भने, एकल अंकमा झार्न सकेन भने उद्योग व्यवसाय फस्टाउनेवाला छैन । मुलुक अफ्ठ्यारो अवस्थामा पुग्नसक्छ । यसमा गर्नसक्ने कुरा सरकारको तर्फबाट छिटो भन्दा छिटो फास्ट ट्रयाकमा, एक सुका, एक मोहोर गरेर ब्याजदर तलमाथि गर्ने नभइ गर्नसक्ने कुरा गर्नुपर्छ । यो ब्याजको दर घटाउनुपर्छ । बेस रेटमा लिने प्रिमियर पनि लाखापाखा भएका छन्, ठूलालाई चैन, सानालाई ऐन भएको छ । कसैलाई त्यही बेसरेटमा प्रिमियम हाफ प्रतिशत हुने, कसैलाई ५,६ प्रतिशत हुने, कसरी उद्योग व्यवसाय फस्टाउँछ । बेस्ट रेटमा लिने प्रिमियमलाई २ प्रतिशतमा लगाउनुपर्छ, त्यसले नै ब्याजदर घटाउँछ । बेस रेटमा पनि देशको माटो सुहाँउँदो व्यवस्था गरेमा बेस रेट पनि घट्छ । यसको लागि सरकारले आज गरौँला, भोलि गरौँला भनेर हुँदैन । हामीले दिन गन्दा गन्दै मुलुकको अर्थतन्त्र झनै धराशायी हुनसक्छ । अमेरिकाका केही बैंकहरु बन्द भए त्यसको कारण के रहेछ भन्दा एक्कासी ब्याजदर बढ्नु रहेछ । हामीसँग पनि ब्याजदर बढेको छ, उद्योगी व्यवसायीले तिर्न सकेको छैन ।’

    उनले नेपालमा इटालीको आवासीय राजदुतावास बन्न नसक्दा दुई देशबीचको व्यापार बिस्तार हुन नसकेको बताए । उनले सरकारले दुई देशबीच व्यापार बढाउनको लागि इटालीको आवासीय राजदुतावास नेपालमा खोल्न पहल गर्नुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend