logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छः सांसद् गौतम

    दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छः सांसद् गौतम

    1.8K
    Shares
    दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छः सांसद् गौतम

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन् । आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने बताएका हुन् ।

    उनले संविधानको भाषा उत्पीडितलाई रही रहोस् भन्ने नभएपनि भावना दलित र उत्पीडित व्यवस्था भइरहनुपर्छ भन्ने किसिमको रहेको दाबी गरे । सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको दाबी गरे । उनले संविधानमा दलित समुदायको हक र अधिकार भन्नु नै दलितको र उत्पीडन रही रहन्छ भन्ने रहेको बताए । उनले दलित भनेर छुवाछुत गर्ने कुरालाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने बताए ।

    उनले भने, ‘हाम्रो संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था गरेको छैन । हाम्रो ऐनले गरेको छैन । नियमावलीले झनै गर्नेकुरा नै भएन । यो संविधानमा दलित समुदायको हक र अधिकार भन्छ । भाषा उपयुक्त छ, कतै मलाई लाग्दैन । यसलाई अनुवाद गरेर अंग्रेजीमा भन्नुस्, संस्कृतमा भन्नुस्, उपयुक्त छैन । दलित व्यक्तिको अधिकार कर्तव्य के हो ? भनेपछि यसले स्वीकार गरेको छ की दलित समुदाय रही रहनेछ । त्यसलाई मद्दत हुनेगरी हामीले आरक्षण व्यवस्था गरेका छौँ । दलित भएको हुनाले संसदमा आउनुपर्ने व्यवस्था छ । जघन्य अपराधमा त्यो अपराध गर्ने व्यक्तिहरुलाई मुक्ति दिनको निम्ति पीडित पक्षलाई केही न केही दिएर खुशी पारेको जस्तो देखाउने र सधैँभर दलित राखिरहने, पीडित राखिरहने, उत्पीडन गरिरहने र यो जघन्य अपराधले हाम्रो समाज, हाम्रो संस्कृति र हाम्रो भविष्य कलंकित भइरहेको छ । कलंकित हुनेछ । हामीले सानातिना टालो लगाएर कपडा चुन्ने जस्तो होइन । नयाँ व्यवस्थामा ल्याउँ । नयाँ अवस्थामा प्रवेश गरौँ । मान्छेले मान्छे जस्तै व्यवहार गर्नुपर्छ । मान्छेले जंगली व्यवहार गर्ने, मानवले अमानवीय व्यवहार गर्ने त्यो व्यवस्था गर्नेमाथि कारबाही हुने व्यवस्था गरौँ । यो संविधानमा भएको दलितको अधिकार र कर्तव्य भन्ने समाप्त गर्नुपर्छ । जतिसक्दो छिटो संशोधन गर्नुपर्छ । हामीले कलंक बोकेर संसारको सबैभन्दा उत्कृष्ट संविधान भन्छौँ । उत्कृष्ट संविधान हो, जसले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्छ ? भाषा त्यस्तै छैन, त्यो भन्दा अर्को अर्थ लाग्दैन । हामी उनीहरुलाई खुशी बनाउन चकलेट दिन चाहन्छौँ, चुप लागेर बस भनेर । कसको निम्ति ? त्यही उत्पीडन गर्ने समुदायको निम्ति ? भेदभाव र छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ । छुवाछुत र भेदभाव गर्नेलाई जघन्य अपराध घोषणा गरौँ ।’

    सांसद गौतमले छुवाछुत र भेदभावलाई जघन्य अपराध घोषणा गर्न माग समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend