logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूला–ठूला समस्याहरु देखिएः झलनाथ खनाल

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूला–ठूला समस्याहरु देखिएः झलनाथ खनाल

    2.6K
    Shares
    संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूला–ठूला समस्याहरु देखिएः झलनाथ खनाल

    काठमाडौँ । नेकपा समाजवादी केन्द्रका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा ठूलाठूला समस्या र चुनौतिहरु बढीरहेको बताएका छन् ।

    शुक्रवार रिपोर्टस क्लव नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूलाठूला समस्याहरु र चुनौतिहरु खडा भइरहेको बताए । पूर्वप्रधानमन्त्री खनालले अहिले अन्तर्राष्ट्रिय जगत पनि चुनौतिपूर्ण अवस्थामा रहेको उल्ल्ेख गरे । विश्व नै अहिले अनिश्चयपूर्ण बनेको भन्दै संयमित भएर काम गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘अहिले देश जुन ठाउँमा उभिएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि हामी अघि बढ्दैछौँ, तर अघि बढ्दाबढ्दै, हामी ठूलाठूला समस्याहरु र चुनौतिहरुको बीचमा अहिले खडा भएका छौँ, अन्तर्राष्ट्रिय जगत पनि चुनौतिपूर्ण अवस्थामा छ । एकदमै अनिश्चयपूर्ण अन्तर्राष्ट्रिय परिस्थिति हामी अहिले देखिरहेका छौँ । कुन बेलामा कहाँ के हुन्छ, भन्न सकिँदैन । युद्ध भड्किने पो हो की, विश्वयुद्ध हुने पो हो की ? भन्ने आशंकाहरु पनि बढीरहेका छ, त्यसकापछि धेरै कारणहरु छन्, युक्रेन भन्ने देश अहिले खरानी हुँदै गइरहेको छ ।’

    पूर्वप्रधानमन्त्री खनालले विश्वमा अहिले विश्वयुछ नै हुने हो की भन्ने चिन्ता रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend