logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • अल अक्सा मस्जिदबाट हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा ३ सय ५० भन्दा बढी पक्राउ

    अल अक्सा मस्जिदबाट हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा ३ सय ५० भन्दा बढी पक्राउ

    1.9K
    Shares
    अल अक्सा मस्जिदबाट हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा ३ सय ५० भन्दा बढी पक्राउ

    एजेन्सी । पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।

    मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ । हातमा लाठी लिएका उनीहरूले कानुन उल्लङ्घन गरेका र विष्फोटक सामग्रीसमेत बोकेका प्रहरी प्रवक्ताले बताएका छन् । मस्जिदको शान्तिसुव्यवस्था कायम गर्न बाध्य भई प्रहरी त्यहाँ प्रवेश गरेको उनले स्पष्ट गरेका छन् । नमाज पढ्न बसेका श्रद्धालुलाई लक्ष्य गरेर मस्जिदमा आक्रमणको प्रयास भएको हुनसक्ने भन्दै उनले हिंसा भड्किन नदिन तत्काल कारबाही गरिएको बताएका छन् ।

    जेरुसेलममा रहेका एएफपीका पत्रकारहरूले अल अक्सा मस्जिदभित्र बुधबार बिहानैदेखि झडप भएको बताएका छन् । । मस्जिदमा प्यालेष्टिनी समूह हमासका कार्यकर्ताले आक्रमण गरेका उनीहरूले जनाएका छन् । हमासले आफ्ना कार्यकर्तालाई मस्जिदमा सामूहिकरूपमा उपस्थित हुन आह्वान पनि गरेको थियो । रमजानको पवित्र महिनमा हजारौँ भक्तजन प्रार्थनाका निम्ति अक्सामा आउने गर्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend