logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • मरेको मान्छेको नाममा ठगी गर्ने कार्यमा संलग्न गिरोह पक्राउ

    मरेको मान्छेको नाममा ठगी गर्ने कार्यमा संलग्न गिरोह पक्राउ

    2.3K
    Shares
    मरेको मान्छेको नाममा ठगी गर्ने कार्यमा संलग्न गिरोह पक्राउ

    काठमाडौँ । मरेको मान्छेको नाममा ठगी गर्ने कार्यमा संलग्न गिरोहलाइ प्रहरीले पक्राउ गरेकाे छ । मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको हाे ।

    काठमाडौँको गोंगबुका रामबहादुर तामाङसहित ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    उनीहरुले वैदेशिक रोजगारीमा गइ मृत्यु भएका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    पक्राउ पर्नेमा बैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी, रोशी–१२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले पनि छन् । उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend