logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • एमसीसी र एसपीपी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल

    एमसीसी र एसपीपी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल

    1.7K
    Shares
    एमसीसी र एसपीपी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन् ।

    बुधवार ३१ औं मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख गरे । उनले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोजेको बताए ।

    उनले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आइरहेको भन्दै नेपाललाई विदेशीको खेल मैदान बन्न दिनु नहुने बताए । उनले नेपालमा अमेरिकीहरुको उपस्थिति बाक्लिनुको कारणबारे नेपालीहरु सचेत रहनुपर्ने बताए ।

    उनले भने, ‘देश संकटपूर्ण अवस्थाबाट गइरहेको छ । राजनीतिमा हामीसँग सात संसद छन् सात वटै संसद त्रिशंकु संसद छन् । कहीँ पनि मेजोरिटी छैन। वामपन्थी मिल्ने हो भने सबै ठाउँमा मेजोरिटी हुन्छ । संघ र प्रदेशमा पनि हुन्छ । तर वामपन्थीह नै मिल्न चाहँदैनन् । आश्चर्यको कुरा हो । राजनीतिक अस्थिरताको दिशामा छ, देश अस्थिरताग्रस्त छ, आर्थिक संकटमा देश भयावह अवस्थामा गइरहेको छ । यो देश रेमिटयान्समा आधारित देश बन्दैछ । यो खतराको कुरा हो । अहिलेको संकटपूर्ण अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्छ । आज हाम्रो देशलाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोज्दैछन् । एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन् । अमेरिकाका रक्षामन्त्रीहरु आउँछन्, सबैभन्दा पहिला तिब्बतीय क्याम्पमा पुग्छन् किन ? के स्वार्थ छ, यसमा नेपालीले बुझ्नुपर्छ । हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन् ? के स्वार्थ छ ? नेपाललाई किन खेल मैदान बनाउन कोशिस गर्दैछन् ? हामी अब यसको सामना गर्नपर्छ ।’

    सम्मानित नेता खनालले नक्कली भूटानी शरणार्थी प्रकरण ज्जास्पद र राष्ट्रघाती भएको बताए। उनले यो प्रकरण निष्पक्ष रुपमा छानबिन भइ सतहमा पुग्नुपर्ने बताए । यस प्रकरणमा मुछिनेहरुको संख्या बढ्दै गएको र ठूला नेताहरु पनि पक्राउ पर्दै गएको भन्दै भ्रष्टाचारको काण्डलाई निष्पक्ष रपमा टुंगोमा पुर्‍याउन आग्रह गरे। उनले निष्पक्ष छानबिन नभए आफ्नो पार्टीले सहन नसक्ने चेतावनी दिए ।

    उनले भने, ‘अहिले नक्कली भूटानी शरणार्थीको काण्ड अहिले देशमा सतहमा आएको छ, यो लज्जास्पद, राष्ट्रघाती, देशद्रोही, संघीन काण्ड हो, यसलाई सही ढंगले टुंगोमा लगिन्छ की लगिँदैन ? आज हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) देशव्यापी रुपमा चिन्ताका साथ छ, यो कुरामा दृढतापूर्वक टुंगोमा लैजानुपर्छ, यसमा देशका ठूला माछा पनि बल्छीमा पर्न थालेका छन् । ती माछाहरु जोगाउने प्रयत्न हुँदैछन्, भ्रष्टाचारको काण्डलाई निष्पक्ष रपमा टुंगोमा पुर्‍याइयोस्, यसमा कुनैपनि तलमाथि भयो भने हाम्रो पार्टीले सहन सक्दैन । छोटो अवधिमा नै अनुसन्धान टुंग्याउनुपर्ने भन्ने दबाब दिँदैछन् भन्ने सुन्दैछु, यो हो भने अनुसन्धानका लागि आवश्यक समय दिएर टुंगोमा लैजानुपर्छ ।’

    सम्मानित नेता खनालले ५ वर्ष भन्दा पहिलाका भ्रष्टाचारको अनुसन्धान नहुने गरी विधेयक संशोधन गर्न लागेको भन्दै आफूलाई त्यो मान्य नहुने बताए । उनले माओवादीले होनहार तीन सय क्रान्तिकारीहरुको हत्या गरेको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend