logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • पत्रकारिता राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्छ: मन्त्री ज्वाला

    पत्रकारिता राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्छ: मन्त्री ज्वाला

    1.3K
    Shares
    पत्रकारिता राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्छ: मन्त्री ज्वाला

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रिकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताएका छन् ।

    समाजवादी प्रेस सङ्गठन काठमाडौँ जिल्ला शाखाको प्रथम अधिवेशनको शुभारम्भ गर्दै मन्त्री ज्वालाले समाजमा हुने राम्रा तथा नराम्रा दुवै पक्षको सत्यतथ्यलाई सुसूचित गरी पत्रकारिताले राष्ट्र तथा जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए ।

    यस क्षेत्रमा भएका विकृति न्यूनीकरण गर्न सङ्गठन अगाडि बढ्नुपर्ने बताउँदै उनले समाजवादी प्रेस सङ्गठनले स्थापनाको छोटो समयावधिमा देशभर सञ्जाल विस्तारका साथै प्रतिगमनको सशक्त विरोध गरी जनपक्षीय कार्य गरेकामा सराहना गरे। मन्त्री ज्वालाले सरकारले हालै ल्याएको वार्षिक नीति तथा कार्यक्रम गठबन्धनको न्यूनतम साझा कार्यक्रममा आधारित रहेको बताउँदै बजेटमा त्यसलाई ठोस र मूर्तरुप दिएर जनताप्रति थप उत्तरदायित्व वहन गरिने प्रष्ट पारे।

    जनमुखी बजेट ल्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘मुलुकमा देखिएको अहिलेको आर्थिक जटिलता हामीले समाधान गर्छौँ । अर्थतन्त्रलाई एउटा सरल लयमा ल्याउन आवश्यक परामर्श र अध्ययन भइरहेको छ ।’ निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौताअनुसार कार्यसम्पादन नगरेका कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्वालाले यसमा हुने ढिलासुस्ती, तोकिएका मापदण्ड पूरा नगर्ने, गुणस्तरमा कमजोरीजस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए।

    बर्दियामा निर्माणका क्रममा भत्किएको पुल पुनःनिर्माण गर्न अदालतका निर्णय पर्खनुपर्ने भएकाले त्यस आसपास क्षेत्रमा नयाँ पुल निर्माणको सम्भाव्यता अध्ययन भइरहेको बताए ।

    मुलुकको विकास र आर्थिक समृद्धिका लागि पूर्वाधार निर्माणका क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend