logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाऔँः सांसद गौतम

    मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाऔँः सांसद गौतम

    1.6K
    Shares
    मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाऔँः सांसद गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी छिन् ।

    आईतवार सरकारको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम माथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरु मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ति समस्याहरुलाई समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी हुन् ।

    उनले रैथाने बाली, बिउबिजन, नश्ल र कृषि तथा पशुपंक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहहरुलाई स्रोत दिएर जिम्मेवार बनाउनुपर्ने बताइन् ।

    त्यसैगरी, कृषि, पशुपंक्षी र खाद्य सम्बन्धि प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तरोन्नति गरी यस्तो वस्तुहरुको ओसार–पसार हुने सबै भन्सार बिन्दु र मुख्य शहरहरुमा प्रयोगशाला स्थापना हुनुपर्ने उनको भनाई छ ।

    उनले भनिन्, ‘रैथाने बाली, बीउबिजन, नश्ल र कृषि तथा पशुपंक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहहरुलाई प्रोत्साहन होइन, स्रोत दिएर स्थानीय तह र समूहहरुलाई जिम्मेवार बनाइनुपर्छ । कृषि, पशुपंक्षी र खाद्य सम्बन्धि प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तरोन्नति गरी यस्तो वस्तुहरुको ओसार–पसार हुने सबै भन्सार बिन्दु र मुख्य शहरहरुमा प्रयोगशाला स्थापना हुनुपर्छ । मुआब्जा बिवादले धेरै आयोजनाहरु सम्पन्न हुन सकेका छैनन् । देशभर भएका यस्ता समस्याहरु सम्बोधन गर्न एउटा विशिष्टिकृत संरचना बनाइनुपर्छ भन्ने पनि सरकारको नीति तथा कार्यक्रममा आओस् ।’

    उनले काठमाडौं क्षेत्र नम्बर २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्वसम्पदा सूचिमा समावेश गर्न समेत आग्रह गरिन् ।

    विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन होटल, राजमार्ग र विभिन्न ठाउँहरुमा चार्जिङ सेन्टर स्थापना हुनुपर्नेमा पनि उनले जोड दिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend