logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’

    ‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’

    2.2K
    Shares
    ‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् ।

    राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन् ।

    पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भन्नुभएको रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । ‘यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,’ आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ ।

    मेदभदेव प्रायः कडा टिप्पणी गर्छन् । गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गरेका थिए। साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका छन् ।

    मस्कोले पनि शब्द दाबी दोहार्‍याउँदै आएको छ । गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने बताएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend