logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • भारतले जारी गरेको सांस्कृतिक नक्शाप्रति नेपालले विरोध जनाउनु पर्छ: झलनाथ खनाल

    भारतले जारी गरेको सांस्कृतिक नक्शाप्रति नेपालले विरोध जनाउनु पर्छ: झलनाथ खनाल

    1.4K
    Shares
    भारतले जारी गरेको सांस्कृतिक नक्शाप्रति नेपालले विरोध जनाउनु पर्छ: झलनाथ खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सांस्कृतिक नक्साको नाममा भारतले नेपालको राष्ट्रियतामाथि प्रहार गरेको बताएका छन् ।

    आज (सोमबार) पार्टीनिकट समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले भारतको सो कदमबाट नेपालको राष्ट्रियतामाथि संकट उत्पन्न भएको टिप्पणी समेत गरे ।

    ‘यतिबेला हामी देखिरहेका छौं, हाम्रो देशको राष्ट्रियता संकटमा छ । हामी देखिरहेका छौं भारतको संसद्मा मोरल नक्साको रुपमा एउटा नक्सा छापिएको छ । त्यसको बारेमा दक्षिण एसिया भरिमा विरोध भइरहेको छ । हाम्रो देशले पनि यसमा आपत्ति जनाउन पर्छ । यस्ता कुराको भण्डाफोर गर्नपर्छ,’ पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend