logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • समाजवादी मोर्चा सत्ता टिकाउन मात्रै हुनु हुँदैन: नेता खनाल

    समाजवादी मोर्चा सत्ता टिकाउन मात्रै हुनु हुँदैन: नेता खनाल

    1.9K
    Shares
    समाजवादी मोर्चा सत्ता टिकाउन मात्रै हुनु हुँदैन: नेता खनाल

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने माध्यम मात्रै बन्न नहुनेमा जोड दिएका छन् ।

    सत्तारुढ माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संसद बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टी चार दल सम्मेलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्नेमा उनले जोड दिए ।

    नेता खनालले भने, ‘मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई एकतावद्ध बनाउने मोर्चा बनोस्’ उनले भने ।

    मोर्चालाई अझै वृहत बनाउँदै अगाडि बढाउनुपर्ने भन्दै उनले सबै वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकताबद्ध गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend