logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • झलनाथ खनाल भन्छन्– संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुन्छ

    झलनाथ खनाल भन्छन्– संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुन्छ

    1.5K
    Shares
    झलनाथ खनाल भन्छन्– संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुन्छ

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा सबै जातजाति, समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् ।

    इस्लाम धर्मावलम्बीको पर्व इदउल अजहा (बकर इद) को अवसरमा उनले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेका हुन् । मुस्लिम समुदायले मनाउने इदपर्वले एकापसमा मेलमिलाप, भातृत्व तथा सामाजिक सद्भाव वृद्धि गरी सामाजिक विविधताभित्र एकताको भावना विकास गर्ने विज्ञप्तिमा भनिएको छ ।

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले मुलुकलाई सांस्कृतिकरूपमा सम्पन्न बनाउन सकिने जनाउँदै विज्ञप्तिमा एकापसमा सहअस्तित्वका साथै प्रगति गर्न यो पर्वले उत्प्रेरित गर्ने उल्लेख गरिएको छ ।

    समाजको मौलिक संस्कृति र रहनसहनलाई संवर्द्धन र संरक्षण गर्दै जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको विज्ञप्तिमा मुलुकमा समाजवादका माध्यमबाट आर्थिक विकास र सुशासन हुने अपेक्षा व्यक्त गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend