logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • विश्वकप प्लेअफमा यूएईद्वारा नेपालसमक्ष जितका लागि १८२ रनको लक्ष्य

    विश्वकप प्लेअफमा यूएईद्वारा नेपालसमक्ष जितका लागि १८२ रनको लक्ष्य

    2.1K
    Shares
    विश्वकप प्लेअफमा यूएईद्वारा नेपालसमक्ष जितका लागि १८२ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसामु जितका लागि १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ४६.५ ओभरमा अल आउट हुँदै १८१ रनमा समेटिएको हो ।

    यूएईका लागि भ्रीत्या अर्भिन्दले सर्वाधिक ४४ रन बनाए । त्यस्तै रोहन मुस्ताफाले ३५, बसिद हमिदले २९, अर्यांश शर्माले २८ र सञ्चित शर्माले १२ रन बनाए । बाँकी ब्याट्मेनले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान तीनरतीन विकेट लिए । त्यस्तै, प्रतिश जीसी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए ।

    आजको खेलको विजेताले सातौँ स्थानको लागि आयरल्यान्डको सामना गर्नेछ भने पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग खेल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend