logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • एकीकृत समाजवादीको बैठक बस्दै, महाधिवेशनसहितका एजेन्डामाथि छलफल हुने

    एकीकृत समाजवादीको बैठक बस्दै, महाधिवेशनसहितका एजेन्डामाथि छलफल हुने

    1.2K
    Shares
    एकीकृत समाजवादीको बैठक बस्दै, महाधिवेशनसहितका एजेन्डामाथि छलफल हुने

    काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर गठन गरिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पार्टीको महाधिवेशनका विषयमा छलफल सुरु भएको छ।

    कीर्तिपुरको चम्पादेवीमा रहेको पुस्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा पार्टी महाधिवेशन देखि संगठन सुधारसहितका सवालमा छलफल हुनेछ।

    आजको बैठकमा संगठन सुदृढीकरणको विशेष अभियान,आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट,जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामसहितका एजेन्डामाथि छलफल गरिने बताइएको छ । यसअघि शुक्रबार र शनिबार केही समय बसेर आज (आइतवार) १० बजे बस्ने गरी स्थगित भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend