logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • सचेतीकरणले ल्यायो दुर्घटनामा कमी

    सचेतीकरणले ल्यायो दुर्घटनामा कमी

    1.4K
    Shares
    सचेतीकरणले ल्यायो दुर्घटनामा कमी

    चितवन । जिल्लामा सवारी दुर्घटना र मृत्युको सङ्ख्या घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना र मृत्यु हुनेको सङ्ख्या घटेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा तीन सय तीन दुर्घटना भएका छन् । त्यसमा ७८ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा एक सय ७० गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यसै अवधिमा पाँच सय ३० सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा एक सय ४० जनाको मृत्यु भएको थियो ।

    त्यसमा दुई सय ६५ गम्भीर र सात सय छ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७९÷८० मा ४० हजार छ सय ६४ सवारी साधन कारबाहीमा परेका छन् । ती बाट रु तीन करोड ४३ लाख ५८ हजार पाँच सय राजस्व उठेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङ्ले दुर्घटना बढी हुने सडकको स्तरोन्नती भएको, कतिपय सडक निर्माणका कारण रोकिएकाले सावधानीपूर्वक अन्य सडकको प्रयोग हुँदा दुर्घटनामा कमी आएको र ट्राफिक प्रहरीको परिचालन र सक्रियता बढाइएको बताए ।

    यसैगरी, सवारी चालकको सचेतना बढेको र कोभिडपछि सवारी चाप घटेका कारण दुर्घटनामा कमी आएको उनको भनाइ छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend