logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • लाइभ गर्ने भनिएको माओवादीको बैठकमा अब भित्रका कुरा रेकर्ड गर्नसमेत नपाइने

    लाइभ गर्ने भनिएको माओवादीको बैठकमा अब भित्रका कुरा रेकर्ड गर्नसमेत नपाइने

    1.4K
    Shares
    लाइभ गर्ने भनिएको माओवादीको बैठकमा अब भित्रका कुरा रेकर्ड गर्नसमेत नपाइने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक जारी छ । अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । बैठकभित्रका कुराहरूलाई रेकर्ड वा लाइभ गर्न नपाइने महासचिव देव गुरुङले बताएका छन् । उनले बैठकभित्र छिरेपछि केन्द्रीय सदस्यहरूले मोबाइल साइलेन्समा राख्नुपर्ने, हरेक दिन ११.५ बजे सम्म बैठक चल्ने र हरेक दिन बेलुका ५ बजे पार्टी प्रवक्ताले प्रेस मिट गर्ने जानकारी गराएका छन् ।

    त्यसो त सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने नै निर्णय भएको थियो । तर, नेताहरूको चर्को विरोध भएपछि बिहान बसेको स्थायी कमिटीको बैठकले लाइभ नगर्ने निर्णय गरेको थियो ।पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावमा पदाधिकारी बैठकले गरेको निर्णयमा चर्को विरोधपछि ब्याक भएपछि अहिले नेताहरुले बोलेको कुरालाई रेकर्ड वा लाइभ गर्न समेत रोक लगाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend