logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • हामी जेल जान पनि तयार छौं, तर भ्रष्टाचार विरोधी अभियान रोकिनु हुँदैनः वर्षमान पुन

    हामी जेल जान पनि तयार छौं, तर भ्रष्टाचार विरोधी अभियान रोकिनु हुँदैनः वर्षमान पुन

    1.6K
    Shares
    हामी जेल जान पनि तयार छौं, तर भ्रष्टाचार विरोधी अभियान रोकिनु हुँदैनः वर्षमान पुन

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताएका छन्।

    काठमाडौंमा जारी पार्टी केन्द्रीय समिति बैठकमा शनिबार बोल्दै पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरूद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुने उल्लेख गरे।

    पुनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए।

    ‘सरकारले थालेको भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ। अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ’, पुनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन। छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ। यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ।’

    उनको प्रष्टीकरण सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्बिरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित थियो।

    गृहजिल्ला रोल्पाकी शहीद परिवारकी सदस्य एवं पार्टी कार्यकर्ता अमला रोका मगरले दावासँग विवाह गरेर चिनजानका लागि ल्याउँदा खिचिएको तस्बिरलाई लिएर अनर्थ लगाइएको प्रष्टीकरण पुनले यसअघि नै दिइसकेका थिए।

    बैठकमा पुनले सरकारले थालेको भ्रष्टाचार विरोधी अभियानलाई पार्टी पुनःनिर्माणको मौकाको रूपमा सदुपयोग गर्नुपर्ने बताए।

    भ्रष्टाचारविरूद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको उनको भनाइ थियो।

    पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने बताए।

    ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन। अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’, उनले भने, ‘उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं।’

    पुनले पार्टीमा विद्यमान समस्या विचारको नभई विधिको भएको चर्चा गरे। पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्ने विचार पुनले व्यक्त गरे। पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्न उनले प्रस्ताव राखे।

    पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको चर्चा गर्दै पुनले वर्ग संघर्ष र राजनीतिक संघर्षको रूप फेरिएको बताए। यस्तो अवस्थामा सरकार प्रमुख मोर्चा भएको निष्कर्ष उनको थियो। पुनले डिजिटल युग सुहाउँदो पार्टी बनाउनुपर्ने प्रस्ताव पनि बैठकमा राखे।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend