logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • आफू र बर्षमानलाई छोडेर देव गुरुङलाई महासचिव बनाएकोमा जनार्दनको आपत्ति

    आफू र बर्षमानलाई छोडेर देव गुरुङलाई महासचिव बनाएकोमा जनार्दनको आपत्ति

    14.8K
    Shares
    आफू र बर्षमानलाई छोडेर देव गुरुङलाई महासचिव बनाएकोमा जनार्दनको आपत्ति

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई अध्यक्ष प्रचण्डले प्रयोग मात्र गरेको भन्दै देव गुरुङलाई महासचिव बनाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

    केन्द्रीय समिति बैठकमा शनिवार आफ्नो धारणा राख्ने क्रममा शर्माले वर्षमान पुन र आफूमध्ये जसलाई महासचिव बनाए पनि मान्य हुने भन्दा भन्दै नयाँ प्रस्ताव ल्याएको आरोप लगाए ।

    शर्माले भने– हामी तपाइकै हौँ, २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन् प्रचारबाजी गरिन्छ । अनि गरौँ के ?

    शर्माले आफूलाई चित्त नबुझ्दा नबुझ्दै पनि प्रचण्डको आग्रहमा राष्ट्रपति र सभामुख एकै पार्टीको हुन हुँदैन भनेर बाहिर बोलेको भन्दै जस्तोसुकै बेला पनि अध्यक्षलाई साथ दिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend