logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रेमी–प्रेमिकाहरुले अनैतिक गतिविधि बढाएको भन्दै पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न निषेध

    प्रेमी–प्रेमिकाहरुले अनैतिक गतिविधि बढाएको भन्दै पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न निषेध

    4.9K
    Shares
    प्रेमी–प्रेमिकाहरुले अनैतिक गतिविधि बढाएको भन्दै पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न निषेध

    काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरभित्रका मन्दिरमा बस्न निषेध गरेको छ । मन्दिरका सिँढी र सतलमा प्रेमी–प्रेमिकाहरु मध्यरातसम्म डेटिङ आउने र अनैतिक क्रियाकलाप गर्ने स्थानीयको उजुरीपछि सो निर्णय भएको हो ।

    मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्दै केही स्थानीयले युवा–युवतीलाई प्रहरी बोलाएर हटाएको भिडिओ सामाजिक संजालमा भाइरल भइरहेका बेला महानगरले यस्तो निर्णय गरेको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले पुष्टि गरे ।

    मेयर चिरिबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको उनले बताए । मन्दिर क्षेत्रमा महानगर प्रहरी समेत परिचालन गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend