logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • सारुक आत्महत्याबारे बल्ल बोलिन् नम्रता,भन्छिन् मेरो मौनतालाई कमजोरी नठान्नु,कालो बोका र बुटीबारे पनि बोलिन्

    सारुक आत्महत्याबारे बल्ल बोलिन् नम्रता,भन्छिन् मेरो मौनतालाई कमजोरी नठान्नु,कालो बोका र बुटीबारे पनि बोलिन्

    13.8K
    Shares
    सारुक आत्महत्याबारे बल्ल बोलिन् नम्रता,भन्छिन् मेरो मौनतालाई कमजोरी नठान्नु,कालो बोका र बुटीबारे पनि बोलिन्

    काठमाडौं । नायिका नम्रता श्रेष्ठले सारुक ताम्राकारको आत्महत्याको अनुसन्धानमा आफ्नो र परिवारको तर्फबाट पूर्ण साथ रहने बताएकी छन्।

    सोमबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नायिका श्रेष्ठले आत्महत्याको घटनापछि प्रहरीले बोलाउनेबित्तिकै आफूहरु गएर बयान दिएको र अझै पनि अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएकी हुन्।

    ‘अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौँ,’ उनले भनेकी छन्, ‘निष्पक्ष छानबिन होस्। म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोर्ट रहनेछ।’

    श्रेष्ठले आफूविरुद्ध मिडियाबाजी भएको भन्दै मौनतालाई कमजोरी नठान्न चेतावनी दिइन्। केही सिनेकर्मी, पदाधिकारी र मिडियाकमीले आफूविरुद्ध पूर्वाग्रही लेख्न लगाएको र लेखेको भन्दै उनले त्यसलाई आफ्नो कानूनी टिमले नजिकबाट नियालिरहेका बताएकी छन्।

    एउटै चलचित्रमा काम गरेको कलाकार भएको कारण आफू प्रहरी प्रशासनले बोलाएको बेला उपस्थित भएर बयान दिएको बताइन्। नायिका श्रेष्ठले घटनापछि आफू क्यानडा नगएको र काठमाडौंमै परिवारसँगै बसेको भन्दै भ्रममा नपर्नसमेत आग्रह गरेकी छन्।

    कालो बोका र बुटीको विषयमा बोल्दै नायिका श्रेष्ठले एक्काइसौं शताब्दीमा आएर रुढीवादी कुरा गर्नु जायज नहुने तर्क गरिन्। यद्यपि उनले सबैलाई धर्म मान्ने स्वतन्त्रता भएको भने बताइन्।

    उनले पूजा गर्ने गुरुलाई समेत प्रहरीले अुनसन्धानको दायरामा ल्याएर पहिले नै बयान लिइसकेको उनको दाबी छ।

    ‘एक्काईसैं शताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युक्तिसंगत हुन्छ होला ? ,’ उनले भनिन्, ‘देश लोकतन्त्रपछि धर्मनिरपेक्ष मुलुक हो। सबैलाई धर्म मान्ने स्वतन्त्रता छ। सबैले मनन गरौँ।’

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend