logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • सवारी दुर्घटनामा परी मृत्यु

    सवारी दुर्घटनामा परी मृत्यु

    3.6K
    Shares
    सवारी दुर्घटनामा परी मृत्यु

    काठमाडौँ । काठमाडौँ तारकेश्‍वर नगरपालिका–६ पैयुटारस्थित सडकमा प्रदेश.३–०१–०२२ च १६३२ नम्बरको गाडीको ठक्करबाट साईकलयात्री काठमाडौँ पैंयुटार बस्ने रसुवा उत्तरगया गाउँपालिका–५ घर भएका १५ वर्षीय रोनिस थापाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजंगजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
    यसैगरी काठमाडौँ महानगरपालिका–३ स्थित सडकमा बा.७९ प ३४६४ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका–७ बस्ने ३० वर्षीय शिरिषकुमार सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend