logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • राष्ट्र बैंकमा रोजगारीको अवसर, करार मार्फत कर्मचारी माग

    राष्ट्र बैंकमा रोजगारीको अवसर, करार मार्फत कर्मचारी माग

    3K
    Shares
    राष्ट्र बैंकमा रोजगारीको अवसर, करार मार्फत कर्मचारी माग

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ति गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो ।

    राष्ट्र बैंकले सुरक्षातर्फ २ जना रक्षक केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयकका लागि १० जना महिला सिपाहीसहित १ जना कर्मचारी माग गरेको हो । यस्तै केन्द्रीय कार्यालयका लागि १ जना पिपा माग गरेको छ ।

    टक्सार महाशाखाका लागि मेकानिकल इन्जिनियर (अधिकृत) १ जना, मेकानिकल ओभरसियर (सुपरभाइजर) २ जना, जुनियर आस्सेयर (सुपरभाइजर) १ जना, मूर्तिकला तथा चित्रकला (सुपरभाइजर) १ जना इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर (सुपरभाइजर) १ जना, मेकानिक (सहकायक) ६ जना, प्रयोगशाला सहायक (सहायक) १ जना, पेन्टोग्राफ मेसिन अप्रेटर (सहायक) १ जना, फोर्कलिफ्ट हेभी इक्विपमेन्ट अपरेटर (चालक) जना करामा नियुक्ति गर्ने भएको हो ।

    रोजगारीका लागि आवेदन दिने आवेदक ४५ वर्ष ननाघेको, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता हुने राष्ट्र बैंकले जनाएको छ । आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तरवार्ता दुवै वा अन्तर्वार्ता मात्रै हुने राष्ट्र बैंकले जनाएको छ ।

    करार सम्झौताको अवधि ६ महिना हुने सूचनामा उल्लेख छ । परीक्षा दस्तुर मेकानिकल इन्जिनियरको हकमा १ हजार र अन्यको ८०० रूपैयाँ लाग्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend