logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    6.4K
    Shares
    सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १६ माछापोखरीस्थित सडकमा बा.२ ख ६७२९ नम्बरको बसले हाल नम्बर नखुलेको स्कुटरलाई बुधबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार पर्वत घर भएकी ४६ वर्षीया लक्ष्मी कुमारी बोहरा क्षेत्रीको मृत्यु भएको छ ।

    ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल स्कुटरसहित फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    यसैगरी बारा जिल्ला फेटा गाउँपालिका(१ भलुही चोकमा हाल नम्बर नखुलेको सवारी साधनले प्र.२.०३.०१७ प ९७५० नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका २३ बस्ने ३३ वर्षीय श्रीभगवान पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलैया प्रादेशिक अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार नम्बर नखुलेको सवारी चालकको प्रहरीले खोजी गरिरहेको छ ‍।

    दुबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend