logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • शिखर नगरपालिकामा पहिलो पटक नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुरु

    शिखर नगरपालिकामा पहिलो पटक नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुरु

    1.2K
    Shares
    शिखर नगरपालिकामा पहिलो पटक नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुरु

    डोटी । डोटीको शिखर नगरपालिकामा पहिलो पटक नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुरु भएको छ । नगरपालिकाले नेपाल टेलिकमसँगको समन्वयमा इन्टरनेट सेवा सुरु गरेको हो ।

    इन्टरनेट सेवा विस्तार भएसँगै नगरपालिकाको दैनिक कामकाजमा सहजता हुनुका साथै स्थानीयहरुले सस्तोमा गुणस्तरीय इन्टरनेट सेवा उपभोग गर्न पाउने नगरप्रमुख दीर्घबहादुर बलायरले बताए । उनका अनुसार लगातार एक वर्षको दौडधुपपछि पालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुरु गर्न सफल भइएको हो ।

    कोरालखोलादेखि शिखर नगरपालिकाको कार्यालयसम्म ६ किलोमिटर क्षेत्रमा एनटी फाइबर विस्तार गरिएको नेपा टेलीकम दिपायल राजपुरले जनाएको छ । डा.केआइसिंह राजमार्ग अन्तर्गतको समूहगाडदेखि कोराल खोलासम्म यसै वर्ष नेट सेवा विस्तार गरिने टेलीकमले जनाएको छ । शिखर नगरपालिकाको समन्वयमा फाइबर नेट सेवा विस्तार गर्न सफल भइएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक किशोर भट्टले जानकारी दिए । उनका अनुसार ग्राहकको माग अनुसार सेवा अन्य वडा र वस्तिहरुमा पनि विस्तार गरिने छ ।

    शिखर नगरपालिकामा विस्तार गरिएको एनटी फाइवरबाट हाललाई चार सय वटा लाइन दिन सकिने नेपाल टेलिकम दिपायलका प्राविधिक सुदिप चौधरीले बताए। ग्राहकको माग बढ्दै गए नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा माग गरेर थप गर्न सकिने उनले जानकारी दिए । शिखर नगरपालिका क्षेत्रमा अहिले इन्टरनेटमा १० एमबिपिएसदेखि उच्चतम गति १०० एमबिपिएस सम्म चलाउन मिल्ने अवस्थाको रहेको टेलीकमले जनाएको छ ।

    वार्षिक न्यूनतम शुल्क ८ हजार देखि ४२ हजार सम्म रहेको छ । उक्त एनटी फाइबर सेवाबाट इन्टरनेट, टेलिफोन एवं टिभि समेत चलाउन मिल्ने रहेको जनाइएको छ । हाल शिखर नगरपालिका वडा नम्बर १०, ११, ८ र वडा नं. ६ सम्म प्रयोग गर्न सकिने गरी एनटी फाइबर विस्तार गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend