logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डद्धारा भूकम्पपीडितलाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा

    प्रधानमन्त्री प्रचण्डद्धारा भूकम्पपीडितलाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा

    2K
    Shares
    प्रधानमन्त्री प्रचण्डद्धारा भूकम्पपीडितलाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितलाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।

    शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि चैनपुरमा सो घोषणा गरेका हुन् ।  पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा गरेका छन् ।

    तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाए पुनर्निण गर्ने उनले प्रतिबद्धता जनाएका छन् । सरकारी भवनमा भएको क्षति मुल्याङकन गरी पुननिर्माण गर्ने उनले बताएका छन् ।

    यस्तै सरकारले राहत सामग्रीहरु पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडाको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ ।

    भूकम्पमा परी घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइने प्रधानमन्त्री प्रचण्डले बताए । उनले बझाङ र सुदूरपश्चिमको समग्र विकासमा निर्णायक महत्त्व राख्ने परियोजना अघि बढाइएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend