logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • दुईथरी उमेर भएका पाण्डेलाई प्रधानसेनापतिको रोलक्रममा राख्न रथीमा सिफारिस गरेपछि जंगीअड्डामा खैलाबैला

    दुईथरी उमेर भएका पाण्डेलाई प्रधानसेनापतिको रोलक्रममा राख्न रथीमा सिफारिस गरेपछि जंगीअड्डामा खैलाबैला

    107.6K
    Shares
    दुईथरी उमेर भएका पाण्डेलाई प्रधानसेनापतिको रोलक्रममा राख्न रथीमा सिफारिस गरेपछि जंगीअड्डामा खैलाबैला

    काठमाडौँ । नेपाली सेनाको भावी प्रधान सेनापतिको रोलक्रममा बस्नेगरी रथी पदमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डेले उमेर कीर्ते गरेर नागरिकता बनाएको आरोपमा बिभिन्न ठाउँमा उजुरी परेका छन् ।

    हालका सेनापति प्रभुराम शर्मापछि नेपाली सेनाको कमाण्ड सम्हाल्नेगरी रथीमा पदोन्नति सिफारिस भएका पाण्डेको बढुवा रोकी सैनिक ऐन तथा मुलुकी अपराध संहिताबमोजिम कारवाही गर्न माग गर्दै प्रधानमन्त्री, रक्षा र संसदको राज्य व्यवस्था तथा सुशासन समितिलगायतका निकायमा लिखित उजुरी परेको छ ।

     

    उनी बिरुद्ध यस अघि जंगीमा समेत उजुरी परिसकेको जनाइएको छ । सैनिक मुख्यालयले गएको असोज ३० गते सरोजप्रताप राणाको अवकाशपछि रिक्त हुन लागेको रथी पदमा बढुवा सिफारिसका लागि युद्धकार्य विभागका प्रमुख पाण्डेको नाम सिफारिस गरेको ७ दिने सूचना प्रकाशित गरेको थियो । यो सैनिक ऐनबमोजिमको सूचना हो ।

    यो ७ दिनकैबीचमा पाण्डेले सरकारी कागजात कीर्ते गरेको र उमेर घटाएर नागरिकता बनाई जागिर खाएको प्रमाणसहित प्रधानमन्त्री, रक्षा र संसदको राज्य व्यवस्था तथा सुशासन समिति तथा प्रधान सेनापति शर्मासहितका निकायमा लिखित उजुरी परेको छ ।

    मन्त्रिपरिषदले पाण्डेलाई बढुवा गरिसकेको छैन । यद्यपि उमेर विवाद बाहिर नआउँदै उनले शक्तिकेन्द्रमार्फत आफ्नो बढुवाको निर्णय गराउन राजनीतिक नेतृत्वलाई समेत दबाब बढाएका र उनको उमेर कीर्तेसम्बन्धी विवादबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का जानकार रहेको स्रोतको दाबी छ ।

    सेनाको बलाधिकृतरथी सरोजप्रताप राणाको कार्यकाल अर्को साता सकिँदै छ । उनी बिदामा बसेका छन् । सेनामा कार्यकाल सकिनुभन्दा १५ दिनअघि बिदामा बस्ने प्रचलन छ । यसबीचमा सेनाले पाण्डेको बढुवा सिफारिसका लागि ७ दिनको सूचना निकालेको थियो । उपरथी पाण्डेले २०४३ सालमा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुने बेला २ वर्ष उमेर घटाएर नागरिकता बनाएको स्रोतको दाबी रहेको छ । उनका अरु सरकारी कागजातमा जन्म मिति अर्कै रहेको पाइएको छ । पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१÷१०÷ १२ गते उल्लेख छ । तर, नागरिकतामा भने २०२३ साल मंसिर १३ गते बनाइएको पाइएको छ ।

    पाण्डे २०४३ सालमा सेनामा भर्ती हुने बेला उनको नागरिकतामा उमेर घटाइएको उजुरीमा उल्लेख छ । २०२१ म जन्मिएका पाण्डेले २०४३ मा जागिर खाने बेला २२ वर्ष नाघेको हुनाले २१ वर्षमुनिको उमेर हदका कारण नागरिकतामा उमेर घटाइएको हो ।

    उजुरीमा उपरथी पाण्डेले जन्ममिति कीर्ते गरेर जागिर खाएको भन्दै नागरिकता र शैक्षिक प्रमाण पत्रमा भएको फरकफरक जन्ममितिको छानबिन गर्न माग गरिएको छ ।

    निजामती तथा जंगी नियम अनुसार नागरिकता र शैक्षिक प्रमाणपत्रलगायत सरकारी कागजमा व्यक्तिको उमेर फरक परे वा विवाद भएमा जुन पहिलो जन्म मिति हो त्यसैलाई कायम गर्ने व्यवस्था छ । नेपाली सेनामा यसअघि पनि उमेर विवादमा सोही विधिबाट धेरै जर्नेलले पहिलो जन्म मितिका आधारमा अवकाश पाएका प्रमाणहरु छन् ।
    पाण्डेको हकमा पनि सोही नियम आकर्षित हुने र उनले उसै पनि उमेर कीर्ते गरेर डेढ वर्षभन्दा बढी जागिर खाइसकेको पाइएकाले सेनापतिले नै उनको नाम बढुवा सिफारिसबाट फिर्ता गरी घर पठाउनु हितकर हुने सुझाव कतिपय उच्च अधिकारीले दिदे आएका छन् ।

    त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयको गोप्य शाखाबाट अभिलेख मगाएर हेर्नासाथ पाण्डेले कीर्ते गरेर नागरिकता बनाएको प्रष्ट हुने उजुरीकर्ताले दाबी गरेका छन् । कीर्ते प्रमाणित हुँदा हुँदै पनि उनको बढुवा प्रक्रिया अघि बढाए अदालत जाने तयारी उजुरी कर्ताको छ ।
    नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले रथी पदमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डेको नागरिकता र सर्टिफिकेटको उमेर फरक परेको भन्ने उजुरीबारे आफुलाई अहिले सम्म कुनै जानकारी नभएको सुनौलो नेपाललाई बताए । उनले भने, ‘नागरिकता र सर्टिफिकेटको उमेर फरक परेको विषयमा उजुरी परेको भन्ने मलाई जानकारी छैन, बाहिर कस्ले कहाँ उजुरी हाले थाहा भएन ।’

    सैनिक सेवा नियमावली २०६९ को नियम २३ को क अनुसार रथी पदमा बढुवा गर्नका लागि प्रधान सेनापतिको अध्यक्षतामा वरिष्ठतम रथी सदस्य रहने व्यवस्था छ । तर, रथी पद रिक्त भएको अवस्थामा प्रधान सेनापतिले मात्र यस्तो सिफारिस गर्न बाधा नपर्ने भनिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend