logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना प्रदर्शन गर्न निषेध

    राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना प्रदर्शन गर्न निषेध

    1.5K
    Shares
    राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना प्रदर्शन गर्न निषेध

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई थप दुई महिना लम्ब्याएको छ ।

    जिल्ला प्रशासन कार्यालयले आज बुधवार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई कायम राखेको हो । प्रशासनले गएको महिना एक महिनाका लागि यी क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । त्यो समय सकिएपछि प्रशासनले थप दुई महिना लम्ब्याएको हो ।

    यस्तै प्रशासनले माइतीघरदेखि बानेश्वरसम्म जारी गरेको निषेधाज्ञालाई पनि थप दुई महिना लम्ब्याएको छ । सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।

    यी क्षेत्रमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend