logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • अजरबैजान पठाई दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

    अजरबैजान पठाई दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

    1.4K
    Shares
    अजरबैजान पठाई दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

    काठमाडौँ । अजरबैजान पठाइदिन्छु भन्दै ६ लाख ७७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका ६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ बस्ने ५१ वर्षीय हरी कुमार दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    दाहालले १ जनालाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाई होटलमा मासिक ७५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend