logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • वर्तमान गठबन्धन सरकारले देश हित विपरित काम गर्यो : सम्मानित नेता खनाल

    वर्तमान गठबन्धन सरकारले देश हित विपरित काम गर्यो : सम्मानित नेता खनाल

    2.3K
    Shares
    वर्तमान गठबन्धन सरकारले देश हित विपरित काम गर्यो : सम्मानित नेता खनाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताउनुभएको छ ।

    शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हित विपरत भएको दाबी गर्नुभयो ।

    उहाँले छिमेकी देशले दिने अनुदान आफूहरु सहस्र स्वीकार्न तयार रहेको तर कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशको लागि नराम्रो भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल दक्षिण एशियाको सबैभन्दा जेठो र पुरानो मुलुक पनि हो । हाम्रो देशलाई अहिलेसम्म कसैले प्रभुत्वमा राख्न सकेका छैनन् ।

    त्यसैले नेपालको स्वतन्त्रता दिवस पनि छैन । यस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुराहरु हाम्रो राष्ट्रको हीतको कुरा हुँदैन । हाम्रो देशको स्वतन्त्रता र सार्वभौम सत्ता अनकुल हुँदैन । यो राष्ट्रिय हित विपरित हुन्छ । यो कुरा ३ करोड दिने कुरा गरियो, त्यस बेलादेखि नै गलत हो ।

    त्यसपछि ५ करोड बनाउने कुरा पनि गलत हो र अहिले २० करोड बनाउने कुरा पनि गलत हो । यदी छिमेकी देश भारतले हामीलाई अनुदान दिने हो भने कति अर्ब, कति खर्ब दिने हो, त्यो हामी लिन्छौँ र मुरीमुरी धन्यवाद दिन्छौँ । नेपाल सरकारले योजना बनाएर यो देशको विकास गर्ने हाम्रो अधिकारलाई हामी सुरक्षित राख्छौँ ।

    यो अधिकार यो गठबन्धन सरकारले सुरक्षित राख्न सकेन । त्यस कारणले यो राष्ट्र हित विपरितको कुरा हो ।’ सम्मानित नेता खनालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर कुनैपनि सरकारले अघि बढ्न जरुरी रहेको बताउनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend